७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


संयुक्त राष्ट्रसंघका सहायक महासचिव तीन दिने भ्रमणका क्रममा काठमाडौंमा


0
Shares

काठमाडौं, भदौ १३ । संयुक्त राष्ट्रसंघका सहायक महासचिव अतुल खेर तीनदिने नेपाल भ्रमणका लागि आइतबार राति काठमाडौं आइपुगेका छन् ।

राष्ट्रसंघको शान्ति सेना हेर्ने प्रमुखका रुपमा रहेका खेर नेपालले विश्वमा उपलब्ध गराएको शान्ति सेनाको बारेमा जानकारी लिन नेपाल आएका हुन् ।

तीन दिने नेपाल बसाइका क्रममा सहायक महासचिव खेरले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधानसेनापति, नेपाल प्रहरीका आईजीपी र सशस्त्रका आईजीपीलगायत सरकारी उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिकका रुपमा नेपाली सेना छैटौं स्थानमा रहेर विभिन्न मुलुकमा आफ्नो उपस्थिति जनाउँदै आएको छ । –नेपाल समाचारपत्र दैनिकबाट