६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विमान उडाएर फर्किरहेको अवस्थामा नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट पक्राउ


0
Shares

काठमाडौं, भदौ १३ । जहाज उडाएर फर्कदै गर्दा बुद्ध एयरका को–पाइलट पक्राउ परेका छन् ।

नक्कली प्रमाणपत्रको आरोपमा को–पाइलट स्वछन्द घले पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई चार दिनअघि पक्राउ गरेको हो । आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए ।

उनले त्रिभुवन विश्वविद्यालयबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरी दक्षिण अफ्रिकाबाट पाइलट पढेका थिए । उनको विमान चालक अनुपति पत्र नम्बर ४०५ थियो ।

घलेको सर्टिफिकेट साथी राजकुमार श्रेष्ठले बनाइदिएका थिए । श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ । श्रेष्ठ हवाइ इन्जिनियर हुन् । –नयाँ पत्रिका दैनिकबाट