
ताप्लेजुङ, भदौ १२ । ताप्लेजुङमा जग्गाको कारोबार बढेसँगै नागरिकको बढि चाप हुने नापी कार्यालयमा डिजिटल प्रविधिबाट कार्यालयको काम सुरु गरिएको छ ।
यो प्रविधिको प्रयोगले काम छिटो र भरपर्दो भएको स्थानीयको भनाइ छ । यसअघि नक्सा प्रिन्ट, जग्गाको कित्ताकाट र नक्शांकनलगायतका काम हातले नै गर्नुपर्दा एउटा कामका लागि हप्तौं लगाइन्थ्यो ।
तर अब भने यो प्रविधि भित्राएसँगै केहि घण्टामै काम हुने गरेको जिल्ला नापी कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख सहदेव घिमिरेले बताए ।
डिजिटल प्रविधबाट काम शुरु भएपछि क्षेत्रफलमा एकरुपता हुने र भनेको केहि समयमै नक्शा तयार गरी प्रिन्ट गर्न सकिने भएकाले काम विश्वासिलोसमेत भएको उनको भनाइ छ ।
कार्यालयको सबै कोठामा कम्प्युटर नेटवर्किङ् गरी कर्मचारीलाई तालिम दिएकाले कार्यालयको काममा छिटोछरितो हुन थालेको घिमिरेको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्