७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दोहोरो भूमिकामा मधेसी मोर्चा


0
Shares

काठमाडौं , भदौ १२ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनले दबाब बढाउन सत्तापक्ष र प्रतिपक्ष दुवै भूमिका निर्वाह गर्ने रणनीत तय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई मतदान गरी सत्तापक्ष बनेको मोर्चाले आफू अनुकुल संविधान संशोधन गर्न दोहोरो राणनीत अख्तियार गरेको हो ।

मोर्चाले सरकारलाई आफ्नो सहमतिमा संविधान संशोधन प्रस्ताव तयार गर्न दबाब दिइरहेको छ ।

सरकारबाट सत्ता पक्षकै रुपमा आवश्यक अन्य सहयोग पनि पाइरहेको छ तर उसले सडक आन्दोलनका कार्यक्रमलाई पनि  निरन्तरता  दिइरहेको छ ।

दोहोरो राणनीतिकै कारण मोर्चा \गठबन्धन सत्तारुढ दल भएर पनि प्रतिपक्षमा ‘रो’मा वसेको छ । सामान्यतय प्रधानमन्त्रीलाई मतदान गर्ने दल संसदमा प्रतिपक्ष ‘रो’मा बस्दैनन् ।राजधानी दैनिकमा छापिएको छ ।