१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल जारी


0
Shares

काठमाडौं, भदौ ११ । दोस्रो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोस्रो दिन शनिबार आठओटा खेल भएका छन् ।

कीर्तिपुरस्थित पुष्पसदन आवासिय माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा सिनियरतर्फ कमल इंग्लिस स्कुल, ग्रीनफिल्ड स्कुल, ब्राइट होराइजन, न्यू जेनिथ स्कुल र इनोभेटिभ एकाडेमीले जित हासिल गरे ।

कमल इंग्लिस स्कुलले हिमालयन बोर्डिङ स्कुललाई ४४–३४ ले पराजित गर्दा ग्रीनफिल्ड स्कुलले एलआरआइ स्कुललाई ४०–३३ ले पराजित गर्‍यो ।

यस्तै, ब्राइट होराइजनले बृहस्पति विद्यासदनलाई ३३–२६ ले, न्यू जेनिथ स्कुलले ज्ञानोदयबाल बाटिकालाई ३२–१६ ले र इनोभेटिभ एकाडेमीले राराहिल मेमोरियललाई ४४–२८ ले पराजित गर्‍यो ।

यस्तै, जुनियर बास्केटबलतर्फ इनोभेटिभ एकाडेमीले न्यू जेनिथलाई ४०–२४ ले, ग्रीनफिल्डले एलआरआइलाई ३८–८ ले र हिल्टाउन इन्टरनेसनल स्कुलले कमल इंग्लिस स्कुललाई ३०–४ ले पराजित गर्‍यो ।

प्रतियोगितामा सिनियरतर्फ १८ टिम र जुनियरतर्फ १३ टिमको सहभागिता रहेको छ ।