१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


आफ्नो श्रीमानसँग हिँडेको भन्दै एक युवतीलाई छुरा प्रहार गरी हत्या


0
Shares

दमक, भदौ ११ । छुरा प्रहारबाट झापाको तोपगाछीस्थित केर्खामा आज बिहान तोपगाछी– ७ केर्खा बस्ने सुनिता राईको मृत्यु भएको छ ।

आफ्नो श्रीमान् सँगसँगै हिँडेको भन्दै श्रीमान् धनबहादुर लिम्बूसहित ती युवतीमाथि २४ वर्षीया रीता लिम्बूले गए राति अन्धाधुन्ध छुरा प्रहार गरेकी थिइन् ।

छुरा प्रहारबाट गम्भीर घाइते राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

छुरा प्रहारबाट घाइते भएका उनका श्रीमान् धनबहादुरलाई भने लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । अभियुक्त रीतालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रासस