१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


धारिलो हतियारले हानेर महिलाको हत्या


0
Shares

दाङ, भदौ १० । दाङमा एक महिलाको विहीबार राति हत्या गरिएको छ ।

त्रिपुर नगरपालिका वडा नम्बर–१० का ५० वर्षीया विष्णु ओलीको हत्या गरिएको हो । ओलीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

उनको घाँटी, ढाड र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ ।

घरनजिकै बाटोमा हत्या गरिएको अवस्थामा उनको शव फेलापरेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ ।