५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नेपालमा दुई ठूला जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ प्रस्ताव


0
Shares

काठमाडौं, भदौ १० । चिनियाँ कम्पनी ‘चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन’ (सीएमईसी) ले नेपालमा दुई ठूला जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ ।

सीएमईसीले ६ सय ५० मेगावाटको तामाकोशी तेस्रो र ७ सय ६२ मेगावाटको तमोर जलविद्युत आयोजना निर्माण गर्न लगानी बोर्डमा लिखित प्रस्ताव गरेको छ ।

प्रस्तावमा सीएमईसीले आफू चीनको उत्कृष्ट १० कम्पनीमा पर्ने दाबीसमेत गरेको छ । सीएमईसीले यी दुई आयोजनाको अध्ययन, निर्माण तथा हस्तान्तरण (इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन विथ फाइनान्सिङ ‘ईपीसीएफ’) मोडलमा बनाउने प्रस्ताव गरेको हो । यो मोडेलमा कम्पनीले यी आयोजना बनाएर सरकारलाई हस्तान्तरण गर्छ र सरकारले उसको लागत निश्चित अवधिमा फिर्ता गर्नुपर्ने जानकारी सरकारी अधिकारीले दिएका छन् ।

लगानी बोर्डका अधिकारीले सीएमईसी तमोर र तामाकोसी तेस्रो विद्युत आयोजना ईपीसीएफ मोडेलमा बनाउन लिखित प्रस्ताव गरेको जानकारी दिए । –कान्तिपुर दैनिकबाट