१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


खुकुरी हानेर हत्या गरी फालेको अवस्थामा शव भेटियो


0
Shares

मोरङ, भदौ ८ । मोरङको पथरी शनिश्चरे–८ स्थित सिरिजंगा धार्मिक वनभित्र बुधबार दिउँसो हत्या गरिएको अवस्थामा एक व्यक्तिको शव फेलापरेको छ ।

पथरी शनिश्चरे–१ घर भएका ३५ वर्षीय गोविन्द दर्नाललाई खुकुरी प्रहार गरेर हत्या गरी फालेको अवस्थामा शव फेलापरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

दर्नालको मंगलबार राति नै कसैले हत्या गरेर शव फालेको हुनसक्ने र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताए । रासस