
कञ्चनपुर, भदौ ८ । नेपाल मानव धर्म सेवा समिति कञ्चनपुरले महाकाली अञ्चल अस्पताल परिसरको सरसफाई गरेको छ ।
सरसफाईमा संवेदनशील हुनुपर्ने स्वास्थ्य संस्थामा नै फोहोर र दुर्गन्ध फैलिएको भन्दै कृष्ण जन्माष्टमी पर्वको पूर्वसन्ध्या पारेर बुधबार अस्पताल परिसर सरसफाई गरिएको हो ।
कार्यक्रममा कञ्चनपुरका विभिन्न सामाजिक संघ–संस्था, सेना, प्रहरी तथा स्थानीयको सहभागिता थियो । लामो समयदेखि अञ्चल अस्पताल परिसरमा सरसफाई नहुँदा फोहोर र दुर्गन्धित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्