
काठमाडौं, भदौ ८ । युरोपियन च्याम्पियन्स लिग फुटबलका अन्तिम छनोट खेलहरु जारी छन् ।
गएराति भएको छनोट खेलमा ईटालीको एएस रोमालाई पराजित गर्दै पोर्चुगलको एफसी पोर्टो समुह चरणमा प्रवेश गरेको छ । यसैगरी ईजरायलको हपोईल बिर सेभालाई पाखा लगाउँदै स्कटल्याण्डको सेल्टिक पनि समुह चरणमा पुगेको छ ।
गएराति नै भएको अर्को खेलमा स्पेनिस क्लव भिया रियाललाई हराउँदै फ्रान्सको मोनाको पनि समुह चरणमा उक्लिएको छ ।
च्याम्पियन्स लिग छनोटअन्तर्गत आज राति ५ खेल हुनेछन् । इङ्ल्यान्डको म्यान्चेस्टर सिटीले रोमानियाको स्टावा बुकारेष्टसँग खेल्दा नेदरल्याण्ड्सको आयाक्सले रुसको एफसी रोस्तोभसँग तथा क्रोएसियाको डाईनामो जाग्रेबले अष्ट्रियाको रेडबुल साल्जबर्गसँग खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्