११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


अपरेसन गरेर बिरामीको पेटबाट निकालियो ४० ओटा चक्कु


0
Shares

काठमाडौं, भदौ ७ । भारतको अमृतसरको एक अस्पतालमा एकजना बिरामीको पेटबाट ४० ओटा चक्कु निकालिएको छ ।

पेट दुखेर अस्पताल भर्ना भएका ४२ वर्षीय बिरामीको सिटी स्क्यानपछि उनको पेटभित्र ‘फोल्ड’ गर्न मिल्ने ४० ओटा चक्कु रहेको पत्ता लागेको थियो ।

चक्कुको लम्बाई सात इन्चसम्मका छन् । बिरामीले फलामलगायतका धातु खाने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मानसिक रोगबाट पीडित रहेका बिरामीले आफूलाई धारिलो धातु खान मनपर्ने र यस कुरालाई अरुबाट लुकाएको बताएका छन् । बिस्तारै धारिलो धातु खाने बानी परेको उनले बताएका छन् ।

चिकित्सकहरुले पाँचघन्टा लामो अपरेसनपछि पेटभित्रका सबै चक्कु निकाल्न सफल भएका छन् ।

यसरी निकालिएका चक्कुहरु केही फोल्ड नगरिएका, कुनै भाँचिएका र केहीमा खिया लागेको थियो ।

बिरामीको अवस्था अहिले सुधारोन्मुख रहेको ‘सीएनएन’ले जनाएको छ ।