१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


दाङमा एक वर्षमा ज्यानसम्बन्धी सात मुद्दाको अनुसन्धान टुंगियो


0
Shares

दाङ, भदौ ७ । जिल्ला प्रहरी कार्यालय दाङले विगत एक वर्षमा कर्तव्य ज्यानसम्बन्धी ७ वटा मुद्दाको अनुसन्धान टुंगो लगाएको छ ।

गतवर्षको साउनदेखि यसवर्षको असारसम्म जिल्लाका विभिन्न क्षेत्रमा भएका हत्याका सातवटा घटनाको अनुसन्धान टुंगो लगाएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले बताए ।

जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा उनले घटनामा संलग्न १२ जनालाई पक्राउ गरी १० जनालाई थुनामा राखिएको र दुई जना १६ वर्ष मुनिका बालक भएकाले बाल सुधार गृह कास्की पठाइएको जानकारी दिए ।

घटनामा संलग्न दुई जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रहरीले यही भदौ २ गते जनैपूर्णिमाका दिन मानपुर गाविस–८ मँगरीका हिरामणी चौधरीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ ।