
काठमाडौं, भदौ ७ । गत शुक्रबार बैंककबाट फर्किदैं गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौंभित्र छिरिसकेको थियो । साँझको बेला अँध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठेचो नाघेर हात्तीवनमाथिको आकाशमा थियो ।
त्यहीबेला ककपिटमा विपरीत दिशा (जडिबुटी) बाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले ककपिटमा आक्रमण गर्यो । १ सय ४० यात्रु बोकेर आइरहेको विमान अवतरण गराउन खोजिरहेका क्याप्टेनका आँखामा असर पर्यो । उनीहरु झस्किए । नेपाली आकाशमा पाइलटहरुले यस्तो अवस्था यसअघि कहिल्यै बेहोरेका थिएनन् ।
विदेशी मुलुकमा भने बेलाबखत यस्तो हुने गरेका घटनाहरु छन् । लेजर लाइटले उत्सर्जन गरेको हरियो चुम्बकीय विकिरणले ककपिटको कमाण्ड सम्हालिरहेका चालक दलको आँखामै हानेपछि अप्ठ्यारो अवस्था पैदा भयो ।
स्रोतका अनुसार लेजर लाइटले करिब ४० सेकेन्डसम्म ककपिटमा पाइलटलाई अवरोध पु¥यायो । जब जहाज विमानस्थलको रेखाभित्र पस्यो, अनिमात्रै लेजर लाइट हट्यो । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्