२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


मास्कले धुँवा–धुलो छेक्छ भनेर ढुक्क हुनु बेकार !


0
Shares

काठमाडौं, भदौ ७ । राजधानीमा वायु प्रदुषणबाट बच्न प्रयोग हुने कपडाका मास्कले धुलो र धुँवाको कण छेक्नै नसक्ने तथ्य सार्वजनिक भएको छ ।

काठमाडौं उपत्यकामा प्रयोग भइसकेका मास्कको प्रयोगशाला परीक्षणसहित गरिएको अध्ययनमा ८० देखि ९० प्रतिशतसम्म प्रदुषणका कण छिर्ने गरेको पत्ता लागेको हो ।

अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार त्यस्ता मास्कले धुलो र धुँवाका कण पटक्कै छेक्दैनन् । मास्कभित्रै प्रदुषणका कण जम्मा भएर बस्छन् ।

साइन्स एण्ड इन्भाइरोमेन्ट इपिडिमियोलोजीमा प्रकाशित प्रतिवेदनअनुसार कपडाको मास्क प्रयोग गर्दा ८० देखि ९० (सेन्थेटिक पार्टिकल्स) प्रतिशत नाकमुखभित्र छिरेको थियो ।

‘डिजेल इन्जिन भएको ट्रकको छेसमा बस्दा त झन् अवस्था भयावह हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘मास्कले छेक्छ भनेर ढुक्क हुनु रोग निम्त्याउनु हो ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट