१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


‘बी’ डिभिजन लिगः आरसीटी र सातदोबाटोको विजयी सुरुआत


0
Shares

काठमाडौं, भदौ ६ । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र सातदोबाटो युथ क्लबले विजयी सुरुव्आत गरेका छन् ।

आरसीटीले सोमबार नयाँबस्ती फुटबल क्लबलाई २–० ले हरायो । ७०औं मिनेटमा नयाँबस्तीका दीपेश थापामगरले गरेको आत्मघाती गोलबाट उपहार पाएको आरसीटीका लागि ९०औं मिनेटमा सौजन राईले गोल थप्दै महत्वपूर्ण जित दिलाए ।

त्यस्तै, सोमबारै भएको अर्को खेलमा सातदोबाटोले ब्वाइज युनियन क्लबलाई ३–० ले हरायो । सातदोबाटोलाई जिताउन रिपु भुलनले दुई तथा सुमन थापा मगरले एक गोल गरे ।

आइतबारदेखि सशस्त्र प्रहरी मुख्यालय हलचोक मैदानमा सुरु भएको लिगमा १४ टोली सहभागी छन् ।

शीर्ष दुई टिम ‘ए’ डिभिजनमा पुग्दा पुछारका दुई टिम रेलिगेसनमा पर्नेछन् ।