
भीमदत्तनगर, भदौ ६ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको कन्चनपुरको झलारी–वाणीखन्डमा महिलामाथि राजमार्गमै महिलामाथि जबर्जस्ती करणी गर्न खोज्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान राजमार्गको वनहरा पुलनजिकै रहेको भेटघाट शिविरकी एक विवाहित महिलालाई राजमार्गबाट नियन्त्रणमा लिएर छेउँमै रहेको जंगलमा बलात्कार गर्न खोज्ने कन्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ का २७ वर्षीय अम्मर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलले विष्टले महिलालाई राजमार्गबाट लछारपछार गर्दै जंगलमा लगेर जबर्जस्ती करणी गर्न खोजेको बताए ।
‘जंगलमा लगेर जबर्जस्ती गर्न खोज्दा महिला चिच्याएर भाग्न सफल भइन्’– प्रहरी निरीक्षक रावलले भने–‘भाग्नेक्रममा महिलालाई सामान्य चोटपटकसमेत लागेको छ ।’
प्रहरी नियन्त्रणमा रहेका युवक विष्टले आफूले मादकपदार्थको नशामा जबर्जस्ती करणी गर्न खोजेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
शिविरमा आश्रय लिँदै आएकी महिला दाउरा बेचेर गुजारा गर्दै आएकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्