१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कमला हत्याको रहस्य खुल्यो, आफ्नै साथीले प्रेमीसँग मिलेर यसकारण गरिन् हत्या


0
Shares

केशव भण्डारी (इमेज)
बुटवल, भदौ ६ । बुटवल नगरपालिका–१३ की कमला न्यौपानेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुटवल–११ इँटाभट्टी बस्ने सविता मल्ल र उनका प्रेमी बुटवल–१० सुख्खानगरका किसन गुरुङ रहेका छन् ।

अभियुक्त सविताले कमलाको गहना लुट्नका लागि प्रेमी किसनसँग मिलेर हत्या गरेको बयान दिएको प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

अभियुक्त सविता मल्ल र हत्या भएकी कमला निकै मिल्ने साथी रहेको पनि इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए ।

गत साउन २७ गते आफ्नै घरमा कमलाको हत्या भएको थियो ।