
दाङ, भदौ ६ । दाङको तुलसीपुरस्थित एउटा आइएमईबाट रु पाँच लाख ३५ हजार नगद चोरी भएको छ ।
तुलसीपुरको केन्द्रबिन्दू मानिने बीपी चोकस्थित राप्ती मनी ट्रान्सफर्मरबाट सोमबार बिहान १ बजे उक्त रकम चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।
सिसी क्यामेराको रेकर्ड हेर्दा सोमबार बिहान चोरले उक्त आइएमईको घर्राको ताला फोडेर नगद चोरी गरेको आइएमईकी सन्चालक किरण पुनले जानकारी दिइन् ।
चोरले ताला फोडेर भित्र प्रवेश गरी जुन घर्रामा रकम राखिएको छ, त्यही घर्रामात्रै फोडेर रकम चोरी गरेकाले घटना रहस्यमय भएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्