१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


दाङमा गोली हानी दुई जनाको हत्या


0
Shares

दाङ, भदौ ६ । दाङमा गोली हानी दुई जनाको हत्या भएको छ । गढुवा गाविस–५ खबरीमा आइतबार राति गोली हानी स्थानीय राजु रोका र कालु रोकाको हत्या भएको हो ।

सोही ठाउँका कर्णबहादुर पुनले उनीहरुलाई भरुवा बन्दुकले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

गोली लागि गम्भीर घाइते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने अर्का घाइते राजु रोकाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

खबरी नाकामा लागेको तीज मेलामा पुगेका कालु र राजुलाई पुनले पुरानो रिसईवी साँध्न गोली हानेको प्रारम्भिक अनुसन्धानबाट देखिएको दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

मदिरा सेवन गरेका पुनले उनीहरुलाई मोटरसाइकलमा चढ्ने वित्तिकै गोली हानेको प्रहरीले जनाएको छ । अभियुक्त पुन फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।