१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


रियोबाट फर्किएका तीन भारतीय खेलाडीलाई जिका संक्रमणको आशंका


0
Shares

नयाँ दिल्ली, भदौ ६ । रियो ओलम्पिकमा सहभागी भएर फर्किएका तीन भारतीय खेलाडी गम्भीर रुपमा अस्वस्थ भएका छन् । उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षणमा कुनै प्रकारको रोग पत्ता नलागेपछि जिका भाइरस संक्रमणको आशंकामा सो सम्बन्धी परीक्षण थालिएको छ ।

‘टाइम्स अफ इन्डिया’ मा प्रकाशित समाचार अनुसार धावक सुधा सिंह, ओपी जैशा र कविता राउत बिरामी भएका हुन् ।

सुधाको रगत परीक्षण गरिएकोमा मलेरिया वा डेंगु जस्ता संक्रमणको कुनै संकेत नदेखिएपछि जिकासम्बन्धी परीक्षण थालिएको हो । उनलाई बेंग्लोरस्थित एक अस्पतालमा छुट्टै कोठामा राखेर उपचार गरिएको छ ।

राउत भने रियो मै बिरामी भएकी थिइन् । उनको पनि स्वास्थ्य परीक्षण भइरहेको छ । त्यस्तै ओपीमा भने केही सामान्य समस्या देखिएको भए पनि उनको समेत सम्पूर्ण स्वास्थ्य परीक्षण भइरहेको अधिकारीहरुको भनाइ छ । (एजेन्सी)