१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


ओलम्पिकमा ४६ स्वर्णसहित अमेरिका पहिलो, कुन देश कुन स्थानमा ?


0
Shares

काठमाडौं, भदौ ६ । रियो ओलम्पिकको अन्तिम पदक तालिकामा अमेरिकाले शिर्ष स्थान ओगटेको छ । कुल ४६ स्वर्ण पदक जितेको अमेरिका पहिलो हुँदा यसपटक बेलायतले दोस्रो स्थान ओगटेको छ ।

टिम ब्रिटेन र नर्दन आयरल्याण्डको नाममा यसपटक बेलायतले संयुक्त टिम बनाएर रियो पठाएको थियो । सोही टिमले कुल २७ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गर्दा चीन तेस्रो स्थानमा झरेको छ ।

चीनले यसपटक २६ स्वर्ण पदक मात्रै जित्न सक्यो । सन् २००८ मा आफ्नै देशमा भएको ओलम्पिकमा शिर्ष स्थान ओगटेको चीन त्यसको चार वर्षपछि २०१२ मा बेलायतमा भएको लण्डन ओलम्पिकमा दोस्रो भएको थियो ।

यसपटक तेस्रो स्थानमा सिमित हुनुलाई विश्व खेल जगतमा चीनको खस्कँदो प्रभावको रुपमा हेरिएको छ ।

रियो ओलम्पिकमा १९ स्वर्ण पदक जित्दै रुस चौथो भयो । डोपीङ प्रकरणले झण्डै ३० प्रतिशत खेलाडी प्रतिबन्धित हुँदा रुसले यसपटक २ सय ७० खेलाडीलाई मात्रै रियो ओलम्पिकमा सहभागि गराउन पाएको थियो ।

सोही टोलीले पनि १९ स्वर्ण पदक जिताएको हो । १७ स्वर्ण पदक जितेको जर्मनी पाँचौ स्थानमा आँउदा १२ स्वर्ण पदकका साथ जापान छैटौं भयो ।

यसैगरी १० स्वर्ण पदकसहित फ्रान्सले सातौं स्थान लिंदा आठौं स्थानका दक्षिण कोरीयाले ८ स्वर्ण पदक जित्यो । ईटाली, अष्ट्रेलिया, नेदरल्याण्ड्स र हंगेरीले ८÷८ वटा स्वर्ण पदक जितेका छन् ।

रियो ओलम्पिकमा हुल २ सय ६ राष्ट्र तथा एउटा शरणार्थीहरुको स्वतन्त्र टिम सहभागि थिए । जसमध्ये एक स्वतन्त्र खेलाडीसहित ५८ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

यसैगरी ८७ राष्ट्रले पदक तालिकामा नाम लेखाँउदा नेपालसहित १ सय १९ राष्ट्र पदकविहिन भएर रित्तो हात घर फर्कीएका छन् ।