१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


म्यान्चेस्टर सिटी, चेल्सी, एभर्टन र टोटनह्याम हट्सपर विजयी


0
Shares

 तस्विर- गोलनेपाल डटकम

काठमाडौं, भदौ ५ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएका खेलहरुम म्यान्चेस्टर सिटी, चेल्सी, एभर्टन र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

अंक तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्टोक सिटीलाई ४-१ ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जीयो अगुएरो र नोलितोले दुई दुई गोल गरे ।

उता चेल्सीले वाट्फोर्डलाई २-१ ले पराजित गर्‍यो । खेलमा एक शुन्यले पछि परेको चेल्सीका लागि मिचु बात्सुयी र डिएगो कोष्टाले एक एक गोल गर्दै जीत दिलाएका हुन् ।

शनिबार राती भएको अर्को खेलमा साविक विजेता लेष्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो चरणको खेलमा पराजित यी दुई टोलीले नयाँ सिजनको लिगको दोस्रो चरणको खेलमा पनि जीत हात पार्न सकेनन् ।

उता लिभरपुललाई भने बर्न्लेले २-० ले हराएको छ । गएराती भएको अर्को खेलमा भिक्टर वान्यामाले एक गोल गरेपछि टोटनह्यामले क्रिष्टल प्यालेसलाई १-० ले हरायो ।

यसैगरी एभर्टनले वेष्ट ब्रोमलाई २-१ ले हराँउदा हल सिटीले स्वान्सी सिटीलाई २-० ले हराएको छ ।