१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


नेपालको रियो ओलम्पिक यात्रा सकियो, निशा पहिलो चरणबाटै बाहिरिइन्


0
Shares

काठमाडौं, भदौ ४ । नेपालले ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकको यात्रा सकाएको छ ।

पाँच खेलमा सात खेलाडीले सहभागिता जनाएको रियो ओलम्पिकको अन्तिम खेलमा तेक्वान्दो खेलाडी निशा रावल शनिबार पहिलो चरणबाटै बाहिरिइन् ।

हेभिवेट ६७ केजीमाथिको प्रिक्वार्टरफाइनलमा निशा विश्व नम्बर एक चिनियाँ प्रतिद्धन्द्धी सुयिन झेङसँग पराजित भएकी हुन् । प्रतिस्पर्धात्मक खेलमा निशा २–० ले पराजित भइन् ।

ओलम्पिक छनोटमा असफल भएपनि ‘वाइल्ड कार्ड’मार्फत् ब्राजिल यात्राको अवसर पाएकी निशा यो स्पर्धामा एकमात्र वाइल्ड कार्ड हुन् ।

यसअघि, नेपालबाट पौडीबाज शिरीष गुरुङ र सरस्वती भट्टराईले राष्ट्रिय कीर्तिमान बनाउँदा सबैभन्दा कान्छी पौडीबाज गौरिका सिंह, धावक हरिकुमार रिमाल, जुडो खेलाडी फुपूल्हामु खत्री र आर्चरीका जितबहादुर मोक्तानले रियोको अनुभवमात्र बटुलेका थिए ।