१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


नेपाल क्रिकेट संघको विवाद समाधान गर्न आइसीसीसँग कुरा गरिसकें : खेलकुदमन्त्री


0
Shares

चितवन, भदौ ४ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपाल क्रिकेट संघ (क्यान)मा देखिएको विवाद छिट्टै समाधान हुने दाबी गरेका छन् ।

प्रेस सेन्टर नेपाल चितवनले शनिबार भरतपुरमा गरेको पत्रकार सम्मेलमा मन्त्री श्रीपाइलीले क्रिकेटले पाइरहेको सफलतालाई अगाडि बढाउन क्रिकेट संघको विवाद आफ्नै कार्यकालमा सुल्झाउने दाबी गरे ।

उनले क्रिकेट संघको विवाद समाधानको विषयमा आफूले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)लाई जानकारीसमेत गराइसकेको जानकारी दिए ।

यसैबीच, मन्त्री श्रीपाइलीले दक्षिण कोरियामा सम्पन्न प्रथम बान की मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक विजेता चितवनका १० खेलाडीलाई सम्मान गरे ।