१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


संसारकै तीब्र गतिका धावक बोल्टले ओलम्पिकमा रचे तेस्रो कीर्तिमान


0
Shares

काठमाडौं, भदौ ४ । जमैकन धावक उसैन बोल्टले रियो ओलम्पिकमा कीर्तिमानी तेस्रो स्वर्ण जितेका छन् ।

यससँगै उनले लगातार तीन ओलम्पिकमा तीन स्वर्णको कीर्तिमान पनि बनाएका छन् । बोल्टको प्रेरणामा जमैकाले रियो ओलम्पिकको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेको हो ।

जीवनको नवौं स्वर्ण आफ्नो खातामा पार्दै बोल्टले आफूलाई संसारकै तीब्र गतिको धावकका रुपमा प्रमाणित मात्र गरेनन्, यस स्पर्धामा उनलाई जित्ने कोही नभएको सिद्ध पनि गरेका छन् ।

उनको टोलीले ३७ मिनेट २७ सेकेन्डमा उपाधी हात लगाएको हो । बोल्टले यसअघि १०० मिटर र २०० मिटरमा स्वर्ण जितिसकेका छन् ।

२००८ को बेइजिङ र २०१२ को लण्डन ओलम्पिकमा पनि बोल्टले तीन वटै स्पर्धामा स्वर्ण जितेका थिए ।

ट्रिपल ट्रिपलको ह्याट्रिक गर्दै बोल्टले ओल म्पिकबाट शानदार ढंगले विश्राम पनि लिएका छन् । जापानको टीम भने दोस्रो भएको छ ।