
काठमाडौं, भदौ ४ । नेपाल आयल निगमले इन्धन वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ । सार्वजनिक विदा भन्दै निगमले बिहीबार इन्धन वितरण नगर्दा बजारमा चरम अभाव देखिएको हो ।
बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ता लाइनमा बसेका थिए ।
धेरैजसो पम्पमा ‘पेट्रोल छैन’ भने सूचना टाँस गरिएको थियो भने खुलेको पम्पमा पनि पेट्रोल छैन भन्ने सूचना थियो । एकाध खुलेका पम्पमा तेल भर्नेको लामो लाइन लागेको थियो । निगमले भने बिहीबार जनैपूर्णिमाको दिन सार्वजनिक विदा भएकाले इन्धन वितरण नगर्दा शुक्रबार बजारमा समस्या देखिएको दावी गरेको छ ।
इन्धन वितरण नियमित नहुँदा प्राय सार्वजनिक विदाको दिनमा बजारमा इन्धन अभाव हुने गरेको निगमको दावी छ । तर यसअघि नाकाबन्दीबाहेक सार्बजनिक विदामा कहिल्यै इन्धनको अभाव भएको थिएन् । यसपटक जानाजान निगमले यस्तो गरेको हो । सार्वजनिक विदाअगाडी नै पर्याप्त इन्धन वितरण नगरी निगमले जानजान अभाव सिर्जना गरेको उपभोक्ताको गुनासो छ ।
-राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्