१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कस्तुरी मार्न जंगलमा पासो थापेर बसेका चारजना पक्राउ


0
Shares

मनाङ, भदौ ३ । मनाङको पिसाङ जंगलबाट गएराति चार जना शिकारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुमको ट्याङ गाविस–८ का केशरमान ओली, सोही ठाउँंका नन्दराम रोक्का, कुलबहादुर रोक्का र कृष्णबहादुर मगर छन् ।

चारैजना जंगलमा कस्तुरी मार्नका लागि गएको प्रहरीले जनाएको छ । कस्तुरी मृग समात्न पासो थापेर बसेको अवस्थामा स्थानीयले उनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।