१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


अमेरिकालाई ३५ स्वर्ण, बेलायत दोस्रो, चीन तेस्रोमा (टप टेन सूचीसहित)


0
Shares

ब्राजिल, भदौ ३ । ब्राजिलमा जारी रियो ओलम्पिकको १३ औं दिनसम्म अमेरिकाले ३५ स्वर्ण पदक हासिल गर्दै पदक तालिकाको अग्रस्थान कब्जा गरेको छ ।

दोस्रो स्थानमा भने बेलायत र चीनको संघर्ष जारी छ । २२ स्वर्ण जितेको बेलायत दोस्रो स्थानमा छ भने २० स्वर्ण पदक हात पारेको चीन तेस्रो स्थानमा रहेको छ ।

यसैगरी १३ वटा स्वर्ण पदक जितेको जर्मनी चौथो स्थानमा छ । १२ स्वर्णसहित रुस पाँचौ स्थानमा रहँदा समान १२ स्वर्ण पदक जितेको जापान छैठौं स्थानमा छ ।

फ्रान्स, ईटाली र नेदरल्याण्ड्सले ८÷८ वटा स्वर्ण पदक जित्दा अष्ट्रेलिया, दक्षिण कोरिया र हंगेरीले ७/७ वटा स्वर्ण पदक जितेका छन् ।

रियो ओलम्पिकमा अहिलेसम्म ५३ राष्ट्र तथा एक स्वतन्त्र खेलाडीले स्वर्ण पदक जित्दा ८१ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् । दक्षिण एसियाबाट भारतले एउटा कास्य पदक हात पारेको छ ।