
ब्राजिल, भदौ ३ । जमैकन धावक उसेन बोल्टले रियो ओलम्पिकमा दोस्रो स्वर्ण पदक जितेका छन् ।
शुक्रबार बिहान भएको पुरुष दुई सय मिटर दौडको दुरी १९ दशमलव ७८ सेकेण्डमा पुरा गर्दै बोल्टले स्वर्ण पदक जितेका हुन् । यो स्पर्धाका क्यानाडका डे ग्रास दोस्रो भएभने फ्रान्सका क्रिष्टोफ लामिर्ते तेस्रो भए ।
यसअघि सय मिटर दौडमा स्वर्ण जितिसकेका बोल्टले दुई सय मिटरको स्वर्ण जित्दै ओलम्पिकमा समग्र पदक संख्या ८ पुर्याएका छन् ।
बोल्टले अब रियो ओलम्पिकमा तेस्रो स्वर्णका लागि पुरुष ४ गुणा सय मिटर रिलेमा प्रतिस्पर्धा गर्नेछन् । यो स्पर्धामा स्वर्ण पदक जितेको खण्डमा बोल्ट ओलम्पिकको ईतिहासमै ९ स्वर्ण पदक जित्ने दुर्लभ एथ्लेटिक्स खेलाडीको सुचीमा पुग्नेछन् ।
यो सुचिमा अहिले अमेरीकाका कार्ल लेविस र फिनल्याण्डका पाभो नुर्मीमात्रै छन् ।
बोल्टले यसअघिका दुई ओलम्पिक लण्डन र बेईजिङमा पनि पुरुष सय मिटर, दुई सय मिटर र चार गुणा सय मिटर रिलेमा स्वर्ण पदक जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्