
काठमाडौं, भदौ ३ । रुट परमिट नभएका सबै ग्रामिण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ ।
प्रहरीले बिहीबार बीपी राजमार्गमा चलेका ठूला गाडीलाई भकुण्डेबाट फिर्ता गरेको थियो । भकुण्डेसम्म मात्रै परमिट भएकाले रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
बीपी राजमार्ग पूर्णतया संचालनमा आए पनि सरकारले रुट परमिट जारी गरेको छैन । हिमाल–तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम थापाले ३ पटक निवेदन दिदा पनि सरकारले परमिट नदिएको बताए ।
उक्त रुटमा हिमाल–तराई यातायात, बीपी राजमार्ग यातायात, कमलामाई लगायत विभिन्न ४० समितिले सेवा संचालन गरिरहेका छन् ।
रुट परमिट नभएका क्षेत्रमा गाडी संचालन हुँदा दुर्घटना भएको र बिमाको समेत व्यवस्था नभएको भन्दै प्रहरी प्रशासनले रोक लगाउन थालेको हो । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्