१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


गोर्खा स्पोर्टिङले जित्यो पाथीभरा गोल्डकप


0
Shares

ताप्लेजुङ, भदौ २ । पाथीभरा गोल्डकप नकाउट फुटबल प्रतियोगिताको उपाधि गोर्खा स्पोर्टिङ क्लब झापाले जितेको छ ।

ताप्लेजुङ सदरमुकाममा विहीबार सम्पन्न फाइनलमा गोर्खा स्पोर्टिङले घरेलु टिम संघर्ष स्पोर्टिङ क्लब उकालीपानी, ताप्लेजुङलाई २–१ ले पराजित गर्दै उपाधि चुमेको हो ।

खेलको १८औं मिनेटमा संघर्ष स्पोर्टिङ क्लबका खेलाडी क्रिस राईले पहिलो गोल गरेका थिए । तर, ६१औं मिनेटमा गोर्खा स्पोर्टिङका दिलेन लोत्तामले गोल गरेर खेल बराबरीमा पुर्‍याएका थिए ।

प्रतिस्पर्धात्मक खेलको ७९औं मिनेटमा गोर्खा स्पोर्टिङले प्राप्त गरेको पेनाल्टीमा सुजल श्रेष्ठले गोल गर्दै उपाधि पक्का गरेका हुन् ।

उपाघि विजेता गोर्खा स्पोर्टिङले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता सघर्ष स्पोर्टिङले १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्‍यो ।