१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अपहरित बालिकालाई प्रहरीले २० घन्टापछि गरायो सकुशल मुक्त


0
Shares

राजविराज, भदौ २ । सप्तरी प्रहरीले अपहरणमा परेकी एक बालिकालाई २० घन्टापछि सकुशल मुक्त गराउन सफल भएको छ ।

सप्तरीको नर्घो गाउँ विकास समिति वडा नम्बर–६ बाट बुधबार साँझ अपहरणमा परेकी सात वर्षीया बालिका सन्तोषी मण्डललाई विहीबार प्रहरीले मुक्त गराएको हो ।

बालिकालाई नेपाल–भारत सीमानाबाट करिब १२ किलोमिटर दक्षिण भारतको करियौत ग्रामपञ्चायतबाट सादा पोशाकमा खटिएका प्रहरीको टोलीले मुक्त गराएको हो ।

अपहरणमा संलग्न व्यक्तिहरु भने फरार भएका छन् । उनीहरुको पहिचान भइसकेकाले खोजीकार्य तीव्र पारिएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।