
काठमाडौं, भदौ २ । आयोजक ब्राजिल र जर्मनी ओलम्पिक फुटबलको फाइनलमा प्रवेश गरेका छन् । आज बिहान सम्पन्न सेमिफाइनलमा होण्डुरसलाई ६÷० ले हराँउदै ब्राजिल फाइनलमा पुगेको हो ।
खेलको १४ सेकेण्डमै गोल गर्दै ब्राजिलका नेईमारले ओलम्पिक फुटबलको इतिहासमै सबैभन्दा चाँडो गोल गरेर किर्तीमान बनाएका छन् ।
खेलमा ब्राजिललाई फराकिलो अन्तरले विजयी गराउन नेईमार ग्याब्रिएल जिससले दुई दुई गोल गरे भने लुआन र मार्कीन्होसले एक एक गोल थपे ।
जितसँगै ब्राजिलले जर्मनी विरुद्ध फाइनल भिडन्त तय गरेको छ । सेमिफाईनलमा नाईजेरीयालाई २-० ले हराँउदै जर्मनी फाईनलमा पुगेको हो ।
दुई वर्ष अघि ब्राजिलमै भएको विश्वकप फुटबलको सेमिफाईनलमा जर्मनीसँग ७-१ ले हारेको ब्राजिल यसपटक बदला लिने अभियानमा छ ।
ब्राजिलले ओलम्पिक फुटबलमा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । सन् १९८४, १९८८ र २०१२ को ओलम्पिक फाईनलमा परािजत ब्राजिल यसपटक भने आफ्नो खराब ईतिहास बिर्साउने दाउमा छ ।
प्रतिक्रिया दिनुहोस्