१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


ओलम्पिकमा अमेरिकाको एकपक्षीय अग्रता, भारतलाई एक कास्य


0
Shares

काठमाडौं, भदौ २ । ब्राजिलमा जारी रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाले एकपक्षीय अग्रता लिएको छ ।

१३ औं दिनको खेल चलिरहँदा अमेरिकाले २९ स्वर्ण पदक जितिसकेको छ । १९-१९ वटा स्वर्ण पदक जितेका बेलायत र चीन क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

रियो ओलम्पिकमा हालसम्म १२ स्वर्ण जितेको रुस पदक तालिकाको चौथो स्थानमा उक्लिँदा ११ स्वर्ण जितेको जर्मनी पाँचौ स्थानमा छ ।

यसैगरी १० वटा स्वर्ण पदक जितेको जापान छैठौं स्थानमा उक्लिएको छ । फ्रान्स, ईटाली र नेदरल्याण्ड्सले ८-८ वटा स्वर्ण पदक जितेका छन् ।

अष्ट्रेलियाले ७ वटा स्वर्ण पदक जित्दा दक्षिण कोरिया र हंगेरीले ६-६ वटा स्वर्ण जितेका छन् ।

रियो ओलम्पिकमा अहिलेसम्म ५३ राष्ट्र तथा एक स्वतन्त्र खेलाडीले स्वर्ण पदक जित्दा ७९ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् । दक्षिण एशियाबाट भारतले एउटा कास्य पदक हात पारेको छ ।