
काठमाडौं, भदौ २ । पर्यटन व्यवसायीका अनुसार सन् २०१४ मा पोखरामा झण्डै ३ लाख विदेशी पर्यटक भित्रिए ।
भूकम्पले पोहोर यो संख्या केही घट्यो । विदेशी बाहेक पोखरा घुम्न आउने स्वदेशी पर्यटकको लेखाजोखा छैन । स्वदेशी पर्यटक पनि लाख हाराहारी आउने व्यवसायीको अनुमान छ ।
पोखरा भित्रिने लाखौं स्वदेशी र विदेशी पर्यटकलाई शान्ति सुरक्षामा सघाउन, भोग्नु परेका कठिनाइलाई सुल्झाउन, गुनासा सुनिदिन यहाँ जम्मा २७ जना पर्यटक प्रहरी खटिएका छन् । ३७ जनाको दरबन्दी भए पनि अहिले २७ जनामात्र छन् ।
पोखरा भित्रिने करिब ३ लाख विदेशी पर्यटकका लागि २७ जना प्रहरी बाँडिदा एकजना प्रहरीले ११ हजारभन्दा बढी पर्यटकलाई वर्षमा सेवा दिनुपर्छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्