२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बैंकमै रित्तियो अमेरिकी डलर


0
Shares

काठमाडौं, भदौ २ । चिनियाँ व्यापारीले सोझै बजारबाट उठाउन थालेपछि बैंकिङ प्रणालीमा अमेरिकी डलरको नगद अभाव चर्किएको छ ।

व्यापारीले बैंकिङ प्रणाली ‘बाइपास’ गर्दै नगदै चीनतिर लैजाने क्रम बढेपछि नगद अभाव देखिएको हो । राष्ट्रबैंक उच्च अधिकारीका अनुसार पछिल्लो समय चिनियाँ व्यापारीले नेपाली बजारबाट अमेरिकी डलर उठाएर सडक मार्ग हुँदै चीन पु¥याउने गरेका छन् ।

विगतमा पनि व्यापारीले यस्तो काम गर्दै आएकोमा पछिल्लो समय डलर लैजाने क्रम ह्वात्तै बढेकोले अहिले समस्या परेको हो । –नागरिक दैनिकबाट