
ताप्लेजुङ, भदौ १ । गोर्खा स्पोर्टिङ क्लब दमक ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको सेमिफाइनल खेलमा पथरी स्पोर्टिङ क्लब मोरङलाई १–० ले हराउँदै गर्दै गोर्खा स्पोर्टिङले फाइनलमा ठाउँ बनाएको हो ।
गोर्खाको जितमा खेलको तेस्रो मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।
उपाधिका लागि गोर्खा स्पोर्टिङले विहीबार (भोलि) संघर्ष स्पोर्टिङ क्लब ताप्लेजुङको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्