
काठमाडौं, भदौ १ । बेलायतको राजधानी लन्डनस्थित आफ्नो दूतावासबाट हराएका उत्तर कोरियाली उच्च कुटनीतिज्ञ थाय योङ हो विद्रोह गरेर दक्षिण कोरिया पुगेका छन् ।
सोलले बुधबार उत्तर कोरियाली कुटनीतिज्ञ आफ्नो मुलुक आइपुगेको पुष्टि गरेको छ ।
परिवारसहित सोल पुगेका थायलाई सरकारी सुरक्षामा राखिएको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । थायले लन्डन दूतावासमा सहायक राजदूतको जिम्मेवारी सम्हालेका थिए ।
लन्डनमा आफ्ना नेता किम जोङ उनको सकारात्मक विचार प्रवाह गर्नु उनको मुख्य जिम्मेवारी रहेको थियो ।
थाय विद्रोह गरेर विदेशी मुलुकमा पुग्ने अहिलेसम्मकै उच्च अधिकारी रहेको अनुमान गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्