११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


मलेसियाको पानी जहाज अज्ञात समूहको कब्जामा


0
Shares

काठमाडौं, भदौ १ । मलेसियाको डिजल ट्रायन्कर सहितको पानी जहाज अज्ञात समूहले कब्जा गरेको छ ।

करिब ९ लाख लिटर डिजल बोकेको पानी जहाज अज्ञात समूहले इन्डोनेसियाका सामुद्रिक भागमा लगेको बताइन्छ ।

बिएर हार्मनी नामको सो पानी जहाज मलेसियाको तांजुंग बन्दरगाहबाट कब्जामा लिइएको बुझिएको छ ।

सो ट्रायन्करमा चार लाख अमेरिकी डलर बराबरको डिजल रहेको मलेसियाली सरकारले जनाएको छ । (एजेन्सी)