
काठमाडौं, भदौ १ । ब्राजिलमा जारी रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाको स्पष्ट अग्रता कायमै छ । आज १० औं दिनको खेल जारी रहँदा अमेरिका २८ स्वर्ण पदकसहित शीर्ष स्थानमा छ ।
१९ स्वर्ण पदक जितेको बेलायत दोस्रो स्थानमा छ भने १७ स्वर्ण जितेको चीन तेस्रो स्थानमा छ ।
यसअघि लण्डन ओलम्पिक र बेईजिङ ओलम्पिकमा अमेरिकालाई कडा टक्कर दिएको चीनले यसपटक भने सोचेअनुरुपको प्रदर्शन गर्न सकेको छैन ।
रियो ओलम्पिकमा हालसम्म १२ स्वर्ण जितेको रुस पदक तालिकाको चौथो स्थानमा उक्लिँदा ११ स्वर्ण जितेको जर्मनी पाँचौ स्थानमा छ ।
छैठौं स्थानको ईटाली र सातौं स्थानको नेदरल्याण्ड्सले ८-८ वटा स्वर्ण जितेका छन् । फ्रान्स, अष्ट्रेलिया र जापानले ७÷७ वटा स्वर्ण पदक जित्दा दक्षिण कोरिया र हंगेरीले ६÷६ वटा स्वर्ण जितेका छन् ।
रियो ओलम्पिकमा अहिलेसम्म ५३ राष्ट्रले स्वर्ण पदक जित्दा ७५ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।
प्रतिक्रिया दिनुहोस्