
काठमाडौं, साउन ३२ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक ८ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।
एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले निलम्बन गरेपछि नरेन्द्र श्रेष्ठले कार्यबाहक अध्यक्षकोरुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।
फिफाले गत वैशाख २७ गते एन्फालाई पत्रचार गर्दै चाँडै नयाँ निर्वाचन गर्न निर्देशन दिएको थियो ।
एन्फाका तत्कालीन वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि सो पद पनि खाली रहेको छ ।
मंगलबार बसेको एन्फाको बैठकले निर्वाचनको नियमावली अनुमोदन गर्र्दै सुजित केसीको नेतृत्वमा निर्वाचन समिति बनाएको छ ।
यस्तै, बैठकले हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबमाथि लागेको प्रतिबन्ध फुकुवा गर्न गोपालकृष्ण घिमिरेको संयोजकत्वमा अपिल कमिटीसमेत गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्