
काठमाडौं, साउन ३२ । क्युबामा रहेको बन्दी गृह ग्वान्तोनामो वे बाट १५ कैदीलाई संयुक्त अरब इमिरेट्स युएई स्थानान्तरण गरिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले विवादास्पद बन्दी गृह ग्वान्तोनामो वे बन्द गर्ने योजना अघि सारे पनि कार्यान्वयन भएको थिएन ।
यद्यपी उनकै कार्यकालमा कैदी स्थानान्तरण गरिएको यो दोस्रो पटक हो । यसअघि पनि ९ जना यमनी कैदीलाई साउदी अरब पठाइएको थियो ।
स्थानान्तरण गरिएका कैदीहरुमा १२ जना यमनी र अन्य तीन जना अफगानी नागरिक रहेको बताइएको छ । सो बन्दीगृहमा रहेका अधिकांश कैदीको बषौंदेखि सुनुवाई भएको छैन ।
बन्दीगृहमा रहेका अमेरिकी बन्दीलाई पनि अमेरिका स्थानान्तरण गर्ने अमेरिकी सरकारको योजना रहे पनि अमेरिकी कंग्रेसले विरोध जनाएका कारण कार्यान्वयनमा आउन सकेको छैन ।
अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालमा सन् २००१ को सेप्टेम्बर ११ को भएको आतंकवादी हमलपछि क्युवामा यो बन्दीगृह खोलिएको हो । यहाँ रहेका कैदीबन्दीलाई चरम यातना दिने गरेका कारण विवादास्पद रहँदै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्