१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


कप्तान पारसले बनाए ८४ रन


0
Shares

अपडेट

काठमाडौं, साउन ३१ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो खेल अहिले जारी छ

नेदरल्यान्ड्सको एम्सटेल्भिनमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि चौथो विकेटका लागि कीर्तिमानी १ सय १८ रनको साझेदारी गर्नेक्रममा कप्तान पारस खड्काले ८४ रन जोडे ।

नेपालले पहिलो खेलको तुलनामा सुधारोन्मुख प्रदर्शन गर्नेक्रममा सागर पुनले ४५ रन बनाए ।

६५ रन जोड्दा ३ विकेट गुमाएको नेपाललाई पारस र सागरले उद्धार गरेका हुन् ।

उपकप्तान एवं ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ३९ रन बनाएर आउट भए । त्यस्तै, शरद भेषावकर ६ तथा अनिल मण्डल ४ रनमा आउट भए ।

गत शनिबार भएको पहिलो खेलमा ७ विकेटले पराजित हुनेक्रममा नेपाल ९४ रनमै समेटिएको थियो ।

८ राष्ट्र सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा रहेको छ ।

७ खेलबाट १२ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ भने नेपालले समान ७ खेलबाट ४ अंकमात्रै जोडेको छ ।

अरु राष्ट्रहरुले ६–६ खेलमात्रै खेलेका छन् । प्रतियोगितामा स्कटल्यान्ड र पपुवा न्यूगिनीसँगका ४ खेल हारेको नेपालले नामिबियालाई भने हराएको थियो ।

नेपालले केन्या, हङकङ र युएईसँग खेल्न बाँकी छ ।