१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


ओलम्पिकमा अमेरिका २६ स्वर्ण पदकसहित शिर्ष स्थानमा


0
Shares

काठमाडौं, साउन ३१ । रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाको अग्रता कायमै छ । आज आठौं दिनको खेल जारी रहँदा अमेरिका २६ स्वर्ण पदकसहित शिर्ष स्थानमा रहेको छ ।

१५ स्वर्ण पदक जितेको बेलायत दोस्रो स्थानमा उक्लिएको छ । समान १५ स्वर्ण पदक जितेपनि चीन रजत पदकको आधारमा तेस्रो स्थानमा झरेको छ ।

९ वटा स्वर्ण पदक जितेको रुस चौथो स्थानमा उक्लिंदा ८ स्वर्ण पदकका साथ जर्मनी पाँचौ स्थानमा छ । यसैगरी ७ स्वर्ण पदक जितेको फ्रान्स, ईटाली र जापान क्रमशः छैटौं, सातौं र आठौं स्थानमा रहेका छन् ।

अष्ट्रेलिया र दक्षिण कोरियाले ६÷६ वटा स्वर्ण पदक जित्दा हंगेरीले ५ स्वर्ण बटुलेको छ । रियो ओलम्पिकमा हालसम्म ४६ राष्ट्रले स्वर्ण पदक जित्दा ६६ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।