
दुबई, साउन ३० । हरियालीका दृष्टिले प्रकृतिबाट ठगिएको मुलुकका रुपमा दुबईलाई चिनिन्छ । तर ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने उखानलाई चरितार्थ गर्दै दुबईले हरियालीका बीच विशाल होटल निर्माण गर्ने योजना अघि सारेको छ ।
कंक्रिटको सहर दुबईमा ‘जंगलको हरियाली’ भनेको मरुभूमिमा पानी खोज्नु सरह हो । तर पनि दुबईमा जंगलको हरियालीमात्र होइन, हरियालीका बीच पर्यटकहरुलाई छुट्टै आनन्द दिने विशेष होटल निर्माण हुँदैछ ।
सन् २०१८ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो होटलमा हरियालीका अतिरिक्त कृत्रिम वर्षाको आनन्द पनि लिन सकिने छ । २३० मिलियन पाउण्डको लागतमा सो होटल निर्माण हुने भएको हो ।
जेड ए एस आर्किटेक्टले यसको डिजाइन तयार पारेको छ । हिल्टन ब्राण्डले संचालन गर्ने सो होटलमा ४५० वटा कोठा रहने जनाइएको छ ।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्