१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


अमेरिकी पौडीवाज माईकल फेल्प्सले पुर्‍याए २३ स्वर्ण पदक


0
Shares

काठमाडौं, साउन ३० । अमेरिकी पौडीवाज माईकल फेल्प्सले ओलम्पिक खेलकुदमा आफ्नो कीर्तिमानी पदक संख्यालाई २३ पुर्‍याएका छन् ।

रियो ओलम्पिक अन्तर्गत आज बिहान भएको पुरुष ४ गुणा सय मिटर मिड्ले रिलेमा स्वर्ण पदक जित्दै फेल्प्सले ओलम्पिक स्वर्ण पदकको संख्या २३ पुर्‍याएका हुन् ।

रियो ओलम्पिकमा भने फ्लेप्सको यो पाँचौ स्वर्ण पदक हो । रियोमा फेल्प्सले यसअघि दुई सय मिटर बटरफ्लाइ, दुई सय मिटर ब्यक्तीगत मिड्ले, चार गुणा सय मिटर रिले र चार गुणा दुई सय मिटर रिलेमा स्वर्ण पदक जितिसकेका छन् ।

किर्तीमानी खेलाडी फेल्प्स ओलम्पिक खेलको इृतिहासमै सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी हुन् । दोस्रो स्थानमा रहेकी पुर्व सोभियत जिम्न्याष्ट लारिसा लात्नीनाको नाममा ९ वटा स्वर्ण पदक रहेको छ ।