१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


रियो ओलम्पिकमा अमेरिका २१ स्वर्ण पदकसहित शिर्ष स्थानमा


0
Shares

काठमाडौं, साउन ३० । रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाको अग्रता कायमै छ । आज सातौं दिनको खेल चलिरहँदा अमेरिका २१ स्वर्ण पदकसहित शिर्ष स्थानमा रहेको छ ।

१३ स्वर्ण पदक जितेको चीन दोस्रो स्थानमा छ भने ९ स्वर्ण पदक जितेको बेलायत तेस्रो स्थानमा छ । ८ वटा स्वर्ण पदक बटुलेको जर्मनी चौथो स्थानमा आँउदा ७ स्वर्ण पदक जितेको जापान पाँचौं स्थानमा रहेको छ ।

रुस, अष्ट्रेलिया र दक्षिण कोरीयाले ६/६ वटा स्वर्ण पदक जितेका छन् । यसैगरी फ्रान्स, ईटाली र हंगेरीले ५/५ वटा स्वर्ण पदक जितेका छन् ।

हालसम्म ४१ राष्ट्रले स्वर्ण पदक जित्दा ६४ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।