
काठमाडौं, साउन २९ । सिरियाका चिकित्सकहरुले हिंसा प्रभावित डुमा सहरका शरीर जोडिएका जुम्ल्याहा बालिकालाई बचाउन विश्व स्वास्थ्य संगठनलाई अपील गरेका छन् ।
जुलाईमा जन्मिएका नौरास र मोआज नामका यी जुम्ल्याहाको छाती जोडिएको छ । यिनीहरुलाई एम्बुलेन्सबाट सुरक्षितरुपमा लगेर राजधानी दमास्कसस्थित बाल अस्पतालमा राखिएको छ ।
चिकित्सकहरुले शल्यक्रिया नगरे शिशुको मृत्यु हुने जनाएका छन् । आमा र काकीसँग अस्पताल पुर्याइएका उनीहरुको स्वास्थ्य अहिले ठीक छ ।
सिरियामा जारी संघर्षकाक्रममा डुमा सहर नराम्ररी प्रभावित भएको छ । त्यहाँ मानवीय सहयोग पुर्याउन पनि निकै कठीन भएको जनाइएको छ ।
विगत पाँच सय वर्षको इतिहासमा शरीर जोडिएका ६ सय शिशुको जन्म भएकोमा ७० प्रतिशतभन्दा बढी बालिका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्