
झापा, साउन २९ । ब्राजिलमा चलिरहेको रियो ओलम्पिकमा सहभागी शरणार्थीको मनोबल बढाउने उद्देश्यले झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरमा शनिबार मिनी म्याराथन दौड प्रतियोगिता गरिएको छ ।
शरणार्थी खेलाडीको हौसला बढाउन गरिएको मिनी म्याराथनमा ‘शरणार्थी र स्थानीयबासी हामी साथ छौं’ भन्दै दुई सय शरणार्थी, एक सय स्थानीयबासी र युएनएचसीआरका एक सय कर्मचारीसहित करिब चार सयजना सहभागी थिए ।
दमकको हिमाली उच्च माविबाट सुरु भएको दौड सात किलोमिटरको दुरी रहेको बेलडाँगी शिविरमा पुगेर समापन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्